Logo

बझाङमा चुनावी सरगर्मी बढ्यो किसानलाई गहुँ भित्र्याउन चटारो, उम्मेदवारलाई भोट माग्न हतारो

बझाङ – स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै बझाङमा राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिन थालेका छन । बझाङमा प्रमुख दुई राजनीतिक दलहरू नेकपा एमाले एक्लै र सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रुपमा जिल्लाका ग्रामिण बस्तीहरूमा पुगेर विकास गर्ने पुरानै आशा देखाई मतदाताहरूसँग मत मागिरहेका छन् ।
यति बेला उनीहरू आफ्ना दलका उम्मेदवारहरू लाई जिताउन विभिन्न आश्वासन देखाएर मतदाताहरूको घरदैलो अभियान लाई तिव्रता दिइरहेका छन् । उम्मेदवारहरू आफ्ना कार्यकर्तासहित घरघर तथा खेतबारीमै गएर मत मागी रहेका छन । बझाङमा किसानलाई अहिले गहुँ भित्र्याउने र धानको बेर्ना छर्नमा व्यस्त छन । मौसममा आएको परिवर्तन सँगै साँझ पख हावाहुरी सँगै पानी पर्ने भएकाले जिल्लाका किसानहरू विहानै देखि गहुँ काटने र चुट्ने काममा व्यस्त छन । गहुँ भित्र्याउने चटारोले मतदाता घरमा नभेटिएपछि उम्मेदवारहरू खेतमै गएर गहुँ काट्न च्टन र धानको बेर्ना छर्न सहयोग गर्दै मत माग्न थालेका छन ।
जिल्लाका सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन र्पुयाएर बझाङलाई उज्यालो बनाउने र जिल्लाभर सडक सञ्जाल पु¥याउने र निमार्ण भएका सडकलाई स्तरोन्नति गर्ने, व्यावसायिक र रोजगारमूलक शिक्षा, जिल्लामा आर्थिक उपार्जन हुने गरी विकास निर्माणलाई अघि बढाउने, बझाङमा सुविधा सम्पन्न अस्पताल नभएकाले गुणस्तरीय स्वास्थ्य सेवा दिने अत्याधुनिक अस्पताल खोल्ने लगायतका एजेन्डा बोकेर मत मागि रहेका छन् । आफूहरू खेतीपातीमै व्यस्त भएको र राजनीतिक दलका उम्मेदवारहरू खेतमै आएर मत माग्न थालेका बुङगल नगरपालिका २ का कलक धामीले बताए । उनले भने, ‘गाँउघरमा चुनावी रौनक निकै बढेको छ ।
हामी गहुँ भित्र्याउनमै व्यस्त छौँ । यसपाली तपाईंको भोट हाम्रो पार्टीलाई है भने र उम्मेदवारहरूसँगै उनीहरूका कार्यकर्ताहरू खेतीपाती बटुल्ने काममा सहयोग गर्न थालेका छन ।’ उम्मेदवारहरू विकास निर्माणका विभिन्न आश्वासन दिएर मत मागिरहेकोे धामीको भनाइ छ ।


मतदाता भन्छन यसपालि पार्टी होईन व्यक्ति हेरिन्छ
निर्वाचनको मिति नजिकिए संगै बझाङका बजार देखि ग्रामीण भेगका चिया पसल, खेतवारी र चोक चोकमा कसलाई भोट हाल्ने भन्ने बहस सुरु हुन थालेको छ । चुनावी प्रचारप्रसारका लागी कार्यकर्ता तथा शुभचिन्तक सहित गाउँ पसे सँगै मतदाताहरू विच पनि विकास प्रेमी नेतालाई खोज्न चुनावी बहस सुरु हुँदै गएको छ ।
अघिल्ला निर्वाचनहरूमा कुन दल रोज्ने भन्ने विषयमा मतदाताहरू विच हुने गरेको बहस यसपालि भने विकास प्रेमी नेतालाई भोट हाल्ने भन्दै बहस हुन थालेको छ । अहिले मतदाताहरूले हाम्रालाई नभई राम्रालाई मत हाल्नुपर्ने भन्दै बहस गर्न थालेका छन् । यस अघि निर्वाचित स्थानीय तहका जनप्रतिनिधीहरूको काम व्यवहारको समिक्षा पनि गर्न थालेका छन् । चुनावका लागि गाउँ–गाउँ धाउने उम्मेदवारहरू र तिनका कार्यकर्तालाई यस अघि दिएका वाचाहरू पूरा गरेर मात्र मत माग्न मतदाताहरू आग्रह गरिरहेका छन् ।

यस अघि जिताएका उम्मेदवारहरूले जनताको विकास गर्नेभन्दा पनि आफ्नै कार्यकर्ता लाई काखी च्याप्ने गरेका कारण जिल्लाले विकासमा फट्को मार्न नसकेको मतदाताहरूको बुझाई छ । यसपालि भने त्यस्तो गल्ती नगर्ने र जिल्लाको विकासका लागि लगीरहने विकास प्रेमी नेतृत्व छान्नु पर्ने केदारस्युँ गाउँपपालिका ७ भामचौरका लोकेन्द्र धामीले बताए । उनले भने,
‘पहिले मतदान गर्दा हामी पुर्खाहरूको पाला देखिकै यही पार्टीमा भोट हालेर आएका हौँ अव पनि यसैमा भोट हाल्छौँ भनेर मतदात गरिन्थ्यो । तर, अब त्यो समय छैन हाम्रालाई नभई राम्रालाई विकास प्रेमी र सुसासन कायम गर्ने नेतालाई मतदान गरिन्छ ।’ मतदाताहरूले नेताहरूबाट आफूलाई मत नदिएकै कारण विभिन्न खालका दुव्र्यवहार भोग्ने गरेकाले जुन दलको भए पनि जनतालाई सम्मान र संरक्षण मत दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्