Logo

ओप्पोका एफ सिरिज फोनको मूल्य घट्यो

ओपो एफ सिरिजका फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार एफ१९ प्रोको मूल्य घटेर ३९ हजार ९९० रुपैयाँबाट अब मात्र ३५ हजार ९९० रुपैयाँमा बजारमा उपलब्ध भएको हो ।
ओपोको एफ सिरिज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाइको रुपमा पर्न सफल मानिन्छ । यस सिरिजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ । यसले आफ्ना प्रयोगकर्ताहरुमा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुको साथमा रचनात्मकतालाई बाहिर ल्याउन मद्दत गरेको छ ।
एफ१९ प्रो ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो जसले नवीन प्रवृतिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ । एफ१९ प्रोसँग यसका डिजाइन र प्रविधिसँगै ट्रेन्डसेटरहरुका बीचमा ३० वाट भीओओसी फ्लास चार्ज ४.० प्रविधि, कलर्स ११.१ जसले दैनिक कार्य क्षमतालाई बढाउनका साथै बिना कुनै रुकावट दिनभरीको कार्य सम्पादनमा मद्दत पु-याउँछ ।

प्रतिक्रिया दिनुहोस्