Logo

कुमारी बैंकको क्यूआर कोडबाट ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले शुल्क तथा जरिवाना कुमारी बैंकको क्यूआर प्रणालीबाट सिधै भुक्तानी गर्न सकिने सेवा सुरू गरेको छ ।
सो सेवाको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गरेका छन् । कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्य योजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुग्ने बताए ।
यो सेवाको सुरूवातले अब नगद बिना तथा झन्झट बिना सेवाग्राहीले छोटो समयमै आफ्नो काम पूरा गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गरे ।
यसैबीच कार्यक्रमका कुमारी बैंकका डिजिटल बैकिङ विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तनसँगै प्रविधिमैत्री सेवा विस्तार गर्न बैंक सधैं अगाडि बढिरहने कुरामा जोड दिँदै डाइनामिक क्यूआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालीको सुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गरे । उनले आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुरू गरिने बताए ।
यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्यूआर कोड स्क्यान गर्ना साथ रकमसहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सिधैं भुक्तानी गर्न सकिने जानकारी गराए ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैंकमा रहेको खाताबाट क्यूआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्