Logo

सेञ्चुरी बैंकका तीन शाखा विस्तार

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुट्टै कार्यक्रमकाबीच ती शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।
बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका –४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलालीको लम्की नगरपालिका–१ लम्की बजारमा लम्की शाखा र बर्दियाको गुलरिया नगरपालिका–७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो । बैंकको शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्था एवं निकायका विशिष्ट व्यक्ति, उद्यमी व्यवसायी, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख सञ्चालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयको उपस्थिति थियो ।
२०७८ चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा १ अर्ब कटाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्