सिन्धुलीमा एकीकृत समाजवादीलाई अलग गरेर कांग्रेस र माओवादीबीच भागबन्डा

सिन्धुलीमा एकीकृत समाजवादीलाई अलग गरेर स्थानिय तहको प्रमुख र उपप्रमुखमा कांग्रेस र माओवादीले भागभण्डा गरेको छ । दुई दलका नेताहरूको बैठकले जिल्लाका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा टुंग्याएको हो । बैठक ५ दलीय गठबन्धनको भनिए पनि बैठकमा कांग्रेस र माओवादीका नेताहरू मात्र सहभागी भएका थिए ।
बाँडफाँडमा कांग्रेसलाई कमलामाई नगरपालिका, गोलन्जोर, तीनपाटन, फिक्कल र घ्याङलेख गाउँपालिकाको प्रमुख दिइने निणर्य गरिएको छ । यस्तै माओवादी केन्द्रलाइ दुधौली नगरपालिका, हरिहरपुरगढी, मरिण र सुनकोसी गाउँपालिकाको प्रमुख दिने निर्णय भएको हो । ती सबै पालिकामा काँग्रेस प्रमुख भएकोमा माओवादी उपप्रमुख र माओवादी प्रमुख भएकोमा काँग्रेसले उपप्रमुख पाएका छन् । वडा तहमा गठबन्धन दलमा सहमती नजुटेपछि पुन पालिकाहरूलाइ नै जिम्मेबारी फर्काइने निणर्य गरिएको छ ।
उर्मिला भट्टराई