सेञ्चुरी बैंकको शाखा जोरपाटीको माकलवारीमा

सेञ्चुरी कमर्सियल बैंकले गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले सो शाखाको उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासी पनि उपस्थित थिए । माकलवारी शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।
२०७८ चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा १ अर्ब रुपैयाँ कटाउन सफल भएको बताइएको छ ।
सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याई सेवा प्रदान गर्दै आएको छ । देशभर १३० वटा शाखा रहेको बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।