सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने
सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी बैंक व्यवस्थापन, सञ्चालन तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कमर्सियल बैंकिङ तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।