सेञ्चुरी बैंकको शताब्दी बचत खाता योजना

सेञ्चुरी कमर्सियल बैंकले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ ।
शताब्दी बचत खातामा ग्राहकले वार्षिक ८.०३ प्रतिशतको उच्च ब्याजदरका साथै ७ लाख रुपैयाँसम्मको निःशुल्क बिमा सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस खातामा १ लाखसम्मको स्वास्थ्य बिमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बिमा र ५ लाख सम्मको दुर्घटना बिमाको व्यवस्था रहेको छ ।
शताब्दी बचत खाता खोल्दा ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो सेयर निःशुल्क प्रदान गर्ने बैंकले जनाएको छ ।
साथै शताब्दी खाता खोल्दा ग्राहकलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाबाट खोल्न सकिनेछ ।