Logo

‘खल्ती’बाट वल्र्डलिंकको बिल भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता

वल्र्डलिंक प्रयोगकर्ताले खल्तीमार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउन सक्ने भएका छन् ।
खल्तीले आन्तरिक राजस्व विभाग (आईआरडी) र वल्र्डलिंकसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको जनाएको छ । वल्र्डलिंक र खल्ती दुवै मिली नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन् ।
१० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५ प्रतिशत क्यासब्याक तथा सय रुपैयाँ क्यासब्याक अर्थतन्त्रलाई प्रोत्साहन गर्न वल्र्डलिंक बिल भुक्तानीमा प्रोमो कोड गो क्यासलेस प्रयोग गरी छुट प्रदान गरेको छ ।
अब थप १० प्रतिशत भ्याटफिर्ताले डिजिटल नेपालतर्फ ६ लाख ५० हजार वल्र्डलिंक घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ। उपभोक्ताले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्