सेञ्चुरी बैंक धुलिखेल शाखाको वित्तीय साक्षरता कार्यक्रम

सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
नमोबुद्व नगरपालिका–१ श्यामपाटीमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई बैंक खाता सञ्चालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी दिएको धुलिखेल शाखा प्रमुख हरिकृष्ण दाहालले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थी शिक्षक तथा कर्मचारीसहित ६४ जना सहभागी थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेश कोइरालाले वित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीका लागि बैंकिङ सम्बन्धी राम्रो सिकाई उपलब्धि भएको बताए । ग्लोबल मनी विक हरेक मुलुकका किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वको बारे जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो ।
यो सप्ताह सन् २०१२ देखि प्रत्येक वर्ष धेरै मुलुकमा मनाइँदै आएको छ । यसवर्ष २१ देखि २७ मार्चसम्म किशोर÷किशोरी तथा युवा ÷युवतीमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमताका माध्यमले विवेकशील वित्तीय निर्णय लिई हरेक व्यक्तिको आर्थिक समृद्विमा योगदान पु¥याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।
बैंकले काभ्रेमा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।