सेञ्चुरी बैंकको निःशुल्क दन्त शिविर

सेञ्चुरी कमर्सियल बैंकको पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर आयोजना गरेको छ ।
शिविरमा १०८ जना स्थानीय बासिन्दाले सेवा उपयोग गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको बताइएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
बैंकले १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।