Logo

कोरोना बिमाको रकम भुक्तानी चाँडै : अर्थमन्त्री शर्मा

रुकुम-अर्थमन्त्री जनार्दन शर्माले कोरोना बिमा रकमको भुक्तानी एकदुई दिनबाटै हुने बताएका छन् ।
कोरोना बिमितले कागजात पेश गरेको लामो समयसम्म पनि बिमा रकम नपाएको गुनासो आइरहेका बेला अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । गृह जिल्ला रुकुम पश्चिम आएको सन्दर्भमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना बिमाको रकम भुक्तानी केहीदिनबाटै भुक्तानी सुरु हुने बताए ।
“महामारीजन्य रोगको बिमा कतैपनि हुँदैन, यहाँ पनि गर्न हुदैन्थ्यो” उनले भने, “गर्नु गल्ती भएपनि सरकारले त जिम्मेवारी लिनुपर्छ, त्यसकारण सरकारले भोलीपर्सिबाटै बिमा रकमको भुक्तानी शुरुवात गर्र्दैछ ।”
अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले चुनावको लागि आवश्यक श्रोतको व्यवस्थापन गरिसकेको बताउँदै विभागिय मन्त्रालयहरुले खर्च गर्ने काम समन्वयकारी रुपमा भैरहेको जानकारी दिए । आफू गठबन्धन सरकारको मन्त्री भएको बताउँदै मन्त्री शर्माले आगामी दिनमा पनि गठबन्धनको आवश्यकता रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्