निर्वाचनमा गठबन्धन गर्ने सहमति भइसकेको छ : नेपाल

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दावी गरेका छन् ।
बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमति भएको बताएका हुन् । सबै ठाउँमा मिल्न सकिदैन भने पनि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उनले आह्वान समेत गरे । अध्यक्ष नेपालले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रिय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘हाम्रो सम्पूर्ण ध्यान अब निर्वाचनमा केन्द्रित हुनेछ । निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । निर्वाचनको निम्ति नै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पंक्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यकता छ । हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं । हाम्रो सहमती रहेको छ–निर्वाचनमा पनि हामी मिलेर जान्छौं । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसमा निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैंलाई हुनुप-यो । ठिक मूल्यांकन गर्नुप¥यो । अरु पार्टीहरुको शक्ति कति छ, त्यसको पनि जानकारी हुनुप¥यो । त्यसको मूल्यांकन गर्नुप-यो । त्यसपछि पारिस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने कुराको पनि सही विश्लेषण हुनुप¥यो ।’
अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अव पनि त्यसै गरेर अघि बढ्ने योजना रहेको पनि दोहो¥याए । एक्लै जित्ने अवस्था नभए पनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले स्मरण गराए ।