तिहारका लागि नेपाल टेलिकमको बोनस योजना

नेपाल टेलिकमले तिहारलाई लक्षित गर्दै आफ्ना सेवामा अफर ल्याएको छ । टेलिकमले बुधबारदेखि १५ गतेसम्मका लागि यो योजना लागू हुने जनाएको छ ।
कम्पनीका अनुसार रिचार्जतर्फ जीएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा ५०, १००,२००,५०० र १००० रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत बोनस दिएको छ । १० रुपैयाँ र सोभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दासमेत १० प्रतिशत बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर कात्तिक १ गतेदेखि ३ गतेसम्म रहनेछ । युट्युब डाटा प्याकमा जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइलमा युट्युब डाटा प्याकअन्तर्गत १ सय रुपैयाँमा १ जीबी डाटा भोल्युम प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराइएको छ ।
यो प्याक कात्तिक १५ गतेभित्र लिइसक्नुपर्नेछ । कम्बो प्याकमा जीएसएम तथा सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेजअन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने छ ।
यो एक दिनमात्रै प्रयोग गर्न मिल्छ । कम्पनीका अनुसार २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम तीन दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम पाँचदिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने कम्पनीले जनायो ।
यो प्याक पनि १५ गतेसम्म लिनुपर्नेछ । भ्वाइसतर्फ जीएसएम तथा सिडिएमए प्रिपेडरपोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज एक दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनायो । कम्पनीका अनुसार २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि प्याकेज उपलब्ध छ ।
५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध गराइएको कम्पनीले जनायो । यो पनि कात्तिक १५ गतेभित्र लिइसक्नुपर्ने छ । त्यस्तै कम्पनीले ल्यान्डलाइन र सिडिएमए एडिएसएल र एफटीटीएच र वाइम्याक्समा अफर पनि अफर ल्याएको छ ।
एसएमएसमा जिएसएम तथा सिडिएमए प्रिपेडरपोस्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा गर्न सकिने कम्पनीले जनाएको छ ।
फोरजी सिम निःशुल्क परिवर्तन कम्पनीले कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू–सिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू–सिम परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ।