भिसाले नेपाली बिरामीलाई उपचारमा सहजीकरण गर्ने

डिजिटल भुक्तानीमा सक्रिय रहेको भिसाले भारतमा स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशका चिकित्सा यात्रीलाई उपचारमा सहजीकरण गर्ने भएको छ ।
कम्पनीले भारतमा उपचारका लागि जाने बिरामीलाई शुल्क भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म, वैदमसँग साझेदारी गरेको घोषणा गरेको छ ।
भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजरसौम्या बसुले विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट गर्नु बिरामीहरुका लागि सहयोग गर्ने बताए । उनले नेपाली नागरिकलाई भारतमा सुविधासम्पन्न अस्पतालमा पहुँच बढाउन सहयोग गर्ने बताए ।
“हामी यी हेरचाह खोज्नेलाई उनीहरूको चिकित्सा उपचारमा छुट प्रदान गर्न र भारतका केही उत्कृष्ट अस्पतालमा भुक्तान गर्न उनीहरूको भिसा कार्डहरू प्रयोग गर्दा फाइदा र सुविधा प्रदान गर्न सक्षम भएका छौं” उनले भने ।
वैदम प्लेटफर्मले नेपाल र बंगलादेशलगायत धेरै देशहरूबाट स्वास्थ्य सेवा खोज्ने बिरामीलाई भारतभरका एक सय भन्दा बढी अस्पतालमा विभिन्न प्रकारका उपचार र प्रक्रियाका लागि गम्भीर रोगहरू र चिकित्सा हेरचाहका लागि विशेषज्ञ सेवाहरू खोज्न सजिलो बनाउने बताइएको छ ।
वैदमले बिरामीलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक व्यवस्था उपलब्ध गराउन मद्दत गर्ने जनाएको छ । यो साझेदारीले भिसा कार्डबाहकलाई भारतमा आफ्नो प्लेटफर्म प्रयोग गरी स्वास्थ्य सेवा बुक गर्दा प्रक्रिया र शल्यक्रियासहित विभिन्न बिरामीको उपचार सेवाहरूमा १० प्रतिशतसम्म छुट दिने वैदमले जनाएको छ ।