राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार चयन «

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार चयन

 

मुख्य राजनीतिक दलहरूले यही माघ २४ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरू चयन गरेका छन् । आज (बुधबार) निर्वाचन आयोगमा उम्मेदवारी मनोनयन गर्नुपर्नेमा भएकाले दलहरूले मंगलबार रातिसम्ममा अधिकांश उम्मेदवार टुंगो लगाएका हुन् ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मंगलबार उम्मेदवारको टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलाटरमा बसेको शिर्ष नेताको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । नेकपा एमालेसँगको तालमेलअनुसार माओवादीको भागमा परेका १४ मध्ये १३ जनाको टुंगो लगाएको छ । प्रदेश नम्बर दुईबाट एकजनाको भने मंगलबार रातिसम्म पनि टुंगो लागेको छैन ।
सोमबार बसेको माओवादी केन्द्रको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छनोट गर्न अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र थापालाई जिम्मा दिएको थियो ।
माओवादीले वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई समेत उम्मेदवार बनाउने निर्णय गरेको दाहालका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए । थापा पूर्वरक्षामन्त्री तथा पार्टीका संगठन विभाग प्रमुखसमेत हुन् । नेता शर्मा पूर्वमन्त्री हुन् । उनले पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
माओवादी केन्द्रसँग गठबन्धन गरेको नेकपा एमालेले पनि धेरैजसो उम्मेदवार टुंग्याएको छ । २ नम्बर प्रदेशमा अन्तिम सयमसम्म पनि मधेसवादी दलसँग सहमतिको प्रयास गर्ने भन्दै एमालेले बाँकी प्रदेशको उम्मेदवार मंगलबार टुंगो लगाएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा मंगलबार बेलुकासम्म बसेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । यसअघि सोमबार एमालेले प्रदेश नम्बर ५, ६ र ७ को टुंगो लगाएको थियो भने बाँकी प्रदेशका नाम मंगलबार टुंगो लगाएको एमालेका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेसले पनि ४ वटा प्रदेशको उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले मंगलबार अबेर रातिसम्ममा प्रदेश नम्बर ४, ५, ६ र ७ मा उम्मेदवार तय गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश १,२ र ३ मा उम्मेदवारका बारेमा छलफल जारी रहेको बताए । “सम्भव भएसम्म आजै टुंगो लगाउने गरी छलफलमा छौं,” शर्माले भने ।

एमालेका उम्मेदवार
प्रदेश नं १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश नं २
१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नं ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश नं ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

माओवादी केन्द्रका उम्मेदवार
प्रदेश नं १
बीना पोखरेल (महिला)
प्रदेश नं २
(२) शशिकला दाहाल (महिला)
(३) क्लष्टर टुंगो लाग्न बाँकी
प्रदेश नं ३
(४) रामबहादुर थापा (खुला)
(५) गंगा पराजुली (महिला)
प्रदेश नं ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बिक (दलित)
प्रदेश नं ५
(८) राजकुमार कुँवर (अल्पसंख्यक र अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं ६
(१०) जीवन बुढा (अपांग र अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)

कांग्रेसका उम्मेदवार
प्रदेश नं ४
सुरेन्द्रराज पाण्डे (खुला)
बृन्दा राना मगर (महिला)
जीतबहादुर नेपाली (दलित)
प्रकाश पन्त (अपांग)

प्रदेश नं ५
दुर्गाप्रसाद उपाध्याय (खुला)
अनिता देवकोटा (महिला)
मैकुलाल बाल्मीकि (दलित)
लुटबहादुर खत्री (अपाङग)

प्रदेश नं ६
विष्णुबहादुर शाही (खुला)
सूर्यदेवी मल्ल (महिला)
सिताराम विके (दलित)
गोपालप्रसाद शर्मा (अपाङ्ग)

प्रदेश नं ७
बद्री पाण्डे (खुला)
तारादेवी भट्ट (महिला)
शेरी राम पार्की (दलित)
छत्रराज जोशी (अपांग)

जगन्नाथ दुलाल-तीर्थराज बस्नेत

प्रतिक्रिया दिनुहोस्