लक्ष्मी बैंकको क्राउडसोर्सिङ प्रतियोगिता

लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि ‘क्राउडसोर्सिङ’ प्रतियोगिताको घोषणा गरेको छ ।
सो प्रतियोगिताको विजेताले बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि २० लाख रुपैयाँको कन्ट्र्याक्ट हात पार्नेछन् । यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल मान्यताहरुमा आधारित रहेको बैंकले जनाएको छ ।
रिलेसनसिप, एक्स्प्लोर्स, टिमवर्क, रेस्पोनिसबल, प्रोग्रेसिभ, जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको बैंकले जनाएको छ । सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस विषयका थप जानकारी बैंकको वेबसाइटमा हेर्न सकिने बताइएको छ । सो प्रतियोगिता लक्ष्मी बैंकको ‘क्राउडसोसिंङ’ मा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडियाज’ र २०२० मा ‘माइ मोबाइल मनि भिडिओ कन्टेस्ट’ मा उत्साहजनक सफलता पाएको दावी गरेको छ ।
बैंकले विभिन्न अभियानमार्फत ग्राहकलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानमा संलग्न हुने अवसर प्रदान गर्दै आएको जनाएको छ ।