आजदेखि भेडेटारमा खाना महोत्सव «

आजदेखि भेडेटारमा खाना महोत्सव

अंंग्रेजी नयाँ वर्षको अवसर पारेर धनकुटाको पर्यटकीयस्थल भेडेटारमा ९औं परिकार महोत्सव आज (शुक्रबार) बाट सुरु हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको र महोत्सव १६ गतेबाट १८ गतेसम्म आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
कोरोना महामारीका कारण थलापरेको पर्ययटन व्यवसायलाई लयमा फर्काउन र प्रदेश नं १ कै पर्यटकीयस्थान भेडेटारलाई अझ प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका सामग्री प्रदर्शनीसँंगै हेली फनफाल्इट, जिप लाइन, प्याराग्याइडिङ लगायतका खेलसमेत महोत्सवम रहने छन् । त्यस्तै भेडेटार आसपासका पर्यटकीय क्षेत्रमा समेत घुम्न पाइने व्यवस्था गरिएको आयोजक समितिका सल्लाकार नारद चेम्जोङले बताए । महोत्सवमा ३० हजार आगन्तुकको सहभागिता रहने तथा एक करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ ।
२०६९ सालबाट नियमित महोत्सव हँुदै आएकोमा गत वर्ष कोरोना महामारीका कारण महोत्सव स्थगित गरिएको थियो भने यो वर्ष पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनालाई कडाई गर्दै महोत्सव गरिन लागेको आयोजक समितिका अध्यक्ष जितेन्द्र रुम्दाली राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्