Logo

नेकपा जनवादी नेकपा (एस) मा एकीकृत

एकीकरण कार्यक्रम काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) एकीकरण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललागयत । तस्वीर ः कृष्णराज गौतम, रासस

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच दुई पार्टीले एकता गरेका हुन् ।
एकता समारोहमा दुवै पार्टीका शीर्ष तहका नेताहरु सहभागी थिए । पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका अध्यक्ष देवेन्द्र सिंह महता सहितका नेताहरुलाई अबिर लगाएर स्वागत गरेका थिए । नेकपा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो । त्यस्तै, तत्कालीन नेकपा माओवादीबाट अलग्गिएर नेकपा जनवादी गठन भएको थियो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन् । अध्यक्ष नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका हुन् । उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरुमा आत्मविश्वास बढ्न नसकेको दाबी गरे । अध्यक्ष नेपालले दलाल पूँजीको दबदबा बढीरहेकोले देशमा मेहेनत नगरीकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए ।
अध्यक्ष नेपालले इमान्दारिता, निष्ठा र समर्पण नै एउटा नेताको लागि आवश्यक र उचित हुने भन्दै जनताको मन जित्न यी काममा ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरु सरकार भन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताए । अध्यक्ष नेपालले देश विकास गर्नका लागि आफैँ अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताए ।
अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताए । उनले सुदूरपश्चिमको प्रदेशसभामा एक नम्बर पार्टीको रुपमा नेकपा समाजवादी स्थापित भएको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्