Logo

एमाले पार्टीको सूर्य चिन्हमा ग्रहण : नेपाल

सल्यान- नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी) काअध्यक्ष माधवकुमार नेपालले केपी ओलीकै कारण एमाले पार्टीको भबिष्य अन्धकार बनेको र सूर्यचिन्हमा ग्रहण लागेको बताएका छन् ।नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी) पार्टी सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्ला स्तरीय अगुवाकार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेएका अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपिओलीगफाडीमात्रै भएको बताए ।जनतालाईआश्वासनदिने तर जनभावना बिपरित कामगर्ने भएकाले ओलीगफाडी नै भएको नेपालले जानकारी दिए । उनले ओलीकै अहमता र घमण्डका कारण पार्टीमा बेमेलको अवस्था सिर्जनाभएको बताए । पार्टी र देशको बिकास, समृद्धि सँगै संविधान र लोकतन्त्रको रक्षाको लागि नेपालमा नेकपा एकीकृत समाजवादीपार्टी वैकल्पिक शक्तिको रुपमाउदाएको नेपालले बताए ।
नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतिकभएको जानकारी समेत दिए । ‘अबतपाईंले कलममाभोट हाल्नुपर्छ, कलम सत्य र न्यायको प्रतिकहो,’ नेपालले भने । आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने बताउँदै उनले दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग भने कुनै पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गरे ।
फरक प्रसंगमा पूर्वप्रधानमन्त्री नेपालले सल्यान जिल्ला थुप्रै सम्भावना बोकेको जिल्ला भएको बताए । जिल्लामा उत्पादनहुने कृषि तथा पशु र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रुपमा जिल्ला सक्षम हुने उनले दाबी गरे। उनले जिल्लाको बिकास र समृद्धिको लागि सहयोग गर्न आफु तयार भएको जनाएका छन्।
यस्तै पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सबै मा आग्रह गरेका छन् । केही कार्यकर्ताहरु बिभिन्न भ्रम र आश्वासनको भर परेर एमालेमा रहेको भएपनि बिस्तारै उनीहरु पनि आफ्नो भबिष्य सुनिश्चितको लागि कलम चिन्ह भित्र गोल बद्धहुने बताए ।
अध्यक्ष नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने जानकारी दिए ।समाजवादी प्रेस संगठन सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले एमसीसीको अन्तरवस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने बताए ।एमसीसीको अध्ययन गरी गहिराई बुझेर मात्रलागु पर्ने प्रक्रिया अघि बढाउनु पर्ने नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्