सबै स्थानीय तहमा खरिद बिक्री केन्द्र र अर्गानिक जोन बनाइने «

सबै स्थानीय तहमा खरिद बिक्री केन्द्र र अर्गानिक जोन बनाइने


सबै स्थानीय तहमा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न एक खरिद बिक्री केन्द्र र एक अर्गानिक जोन’ र ‘एक योगा केन्द्र’ सञ्चालन गरिने भएको छ ।
स्वदेशी आयुर्वेदिक वस्तु, स्वस्थकर खाद्यवस्तु बिक्रीका साथै स्वस्थ जीवनका लागि योगा सञ्चालन गर्ने गरी वल्र्ड मार्ट युनिट सोलुसन, योग प्रेमी परिवार नेपाल र अर्गानिक जोनबीच मंगलबार सम्झौता भएको हो ।
मौलिक परिवारका सञ्चालक सुमन दाहालले तीन वटै संस्थाले संयुक्त रुपमा आफ्ना उत्पादन र सेवालाई देशभर सबै स्थानीय तहसँग समन्वय गरेर बिस्तार गरिने बताए । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले यो सम्झौताले देशभरका स्थानीय तहले आफ्नो उत्पादनलाई प्रोत्साहन गर्नुका साथै स्वदेशी वस्तु प्रयोगलाई पनि बढवा दिने बताए ।
मानिस पूर्ण स्वस्थ्य हुनका लागि शुद्ध खानपान र योग महत्वपूर्ण हुने भन्दै उनले यसका लागि गाउँगाउँमा उत्पादन हुने मौलिक एवंम स्थानीय उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताए । “मौलिक उत्पादनलाइ परिकार बनाएर मौलिक भान्साघर तथा अर्गानिक जोनको काम सराहनीय छ” नगरप्रमुख खरेल भन्छन्, “स्वदेशी उत्पादन बढाउनु हामी सबैको कर्तव्य हो प्रोत्साहन गर्नुपर्छ ।”
स्वदेशी, आयुर्वेदिक खाद्य, मौलिक एवंम स्थानीय वस्तुको प्रयोग र प्रवद्र्वन दीर्घकालीन स्वास्थ्य, सौन्दर्य एवंम राष्ट्रिय अर्थतन्त्रका लागि फेमिलियर अभियान’ भन्ने नाराका साथ स्थानीय उत्पादन संकलन, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणका लागि सम्झौता गरिएको सञ्चालक दाहालले बताए । फेमिलियर नमुना परियोजना अन्तर्गतको मौलिक बजार, योग प्रेमी परिवार नेपाल, फेमिलियर परियोजनाअन्र्तगत कै मौलिक भान्छाघर र अर्गानिकजोनबीच छुट्टाछुट्टै सम्झौता भएको छ ।
वल्र्डमार्ट युनिक सोलुशनका समेत सञ्चालक रहेका दाहालले आयातित विषादीयुक्त दैनिक उपभोग्य खाद्यन्न एवंम तरकारी र फलफूलले रोगसँगै बर्सेनि अर्बौं रुपैयाँ विदेशिने गरेकाले यसलाई कम गर्दे जान मौलिक बजार परिकल्पना गरिएको बताए ।
मौलिक बजारको मुख्य उद्देश्य उत्पादकबाट सिधै उपभोक्तासामु पु¥याउनु र बिचौलियाको अन्त्य गर्ने भएको उनले बताए । अर्गानिक जोनका सञ्चालक दिपक बुढाले जस्तो खाना त्यस्तै सोच र जस्तो सोच त्यस्तै व्यवहार हुने भन्दै शुद्ध र अर्गानिक खाना खानुपर्ने र यसकालागि स्ववदेशी उत्पादन नै फलदायी हुने हुने बताएका छन् ।
योगप्रेमी परिवार नेपालका अध्यक्ष खेतराज मैनालीले योगले मानिसको शारिरीक तथा मानसिक रुपमा स्वस्थ्य र तनावरहित बनाउने भएकोले हरेक दिन योग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्