Logo

ग्लोब आईएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभाले १३.५ प्रतिशत लाभांश पारित गरेको छ ।
बैंकको सोमबार भएको १५औं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को कुल मुनाफाबाट प्रस्ताव गरिएको १० प्रतिशत बोनश सेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
बैंकले सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ गरेको थियो । प्रस्तावित बोनश शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिको पालनमा गर्दै आफ्ना सेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिवद्ध रहेको बताए ।
कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकलाई थप प्रभावकारी सेवा पु¥याउन लागिपरेको उनले जानकारी दिए ।
बैंकले अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९÷०८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशभर डिजिटल भुक्तानीका लागि बैंकिङ साक्षरता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्