संकटमा साथ दिनेलाई मेरो समर्थन : सिटौला «

संकटमा साथ दिनेलाई मेरो समर्थन : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संकटका बेलामा साथ दिनेलाई नेतृत्वमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
बिहीबार आफूपक्षीय भेलामा नेता सिटौलाले पार्टीमा आफूसँग रहेका नेताहरुलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
उनले आज प्यानल घोषणा गर्ने भनिएको भएपनि मनोनयन हुनु अघि मात्रै आफ्नाबारेमा बोल्ने बताए। आफूलाई अभाव, संकट र जोखिममा निरन्तर साथ दिनेहरूलाई आफूले कहिल्यै साथ नछोड्ने प्रतिवद्धतासमेत जनाए । सटौलाले आफू रहेको स्थानमा कांग्रेस हुने तर्क गरे। उनले कांग्रेसलाई भरोसा र विश्वासको पार्टी बनाउन आफू जे गर्न पनि तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्