इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेसनसँग भायनेटको साझेदारी «

इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेसनसँग भायनेटको साझेदारी

भायनेट कम्युनिकेसन्सले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज (सिसिएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो ।
जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउने काममा संलग्न छ ।
सिसिएससँग संसारभरी अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव छ । यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम ९५,६,७० प्रदेशहरुमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्ने छ । साथै भायनेट आफ्ना ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने दौरमा निरन्तर लागी परेको छ ।
भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सफलतापूर्वक सम्पन्न गरेको छ । भायनेट कम्युनिकेसन्स नेपालको अग्रणी इन्टरनेट र आईपिटिभी सेवा प्रदायक मध्ये एक हो ।
चाइना कम्युनिकेसन्स सर्भिसेसको नेपालमा उपस्थिति सन् २०१० बाट भएको थियो । अहिले यसले एनसेल, एनटिसी, र स्मार्ट टेलिकम लगायतका ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्