कांग्रेस अधिवेशनले कोभिडका कारण प्रभावित होटल क्षेत्रमा राहत «

कांग्रेस अधिवेशनले कोभिडका कारण प्रभावित होटल क्षेत्रमा राहत


कोभिड–१९ का कारण लामो समय थला परेको लमजुङ सदरमुकाम बेसीशहरको आर्थिक क्षेत्र नेपाली कांग्रेसको जारी अधिवेशनका कारण केही चलायमान बनेको छ । पार्टीको अधिवेशनसँंगै आर्थिक क्षेत्र पनि चलायमान हुँदै गएको हो ।
केही दिन अघिमात्रै सदरमुकाम बेसीशहरमा नेपाली कांग्रेसको प्रदेश सभाअन्तर्गत क्षेत्रिय अधिवेशन र जिल्ला अधिवेशन भएको हो । अधिवेशनका लागि जिल्लाभरका १३ सय भन्दा बढी मतदाता प्रतिनिधिहरु र अन्य शुभेच्छुकहरु सदरमुकाम केन्द्रित भएका थिए । राजनीतिसँगै अर्थतन्त्र पनि चलायमान हुन पुगेको निजी क्षेत्रका व्यक्तीले बताएका छन् ।
सदरमुकाम बेसीशहरमा क्षेत्रिय र जिल्ला अधिवेशन भएकाले गाउँमा रहेका नेता कार्यकर्ता सदरमुकाम आएका हुन् । सोबाहेक राजधानी वा अन्य शहरमा बस्नेहरु पनि अधिवेशनकै लागि जिल्ला सदरमुकाम आएसँगै बेसीशहरका होटलहरु भरिभराउ भएका हुन् ।
अधिवेशनका कारण विशेषगरी होटल व्यवसायमा प्रत्यक्ष÷अप्रत्यक्ष राहात मिलेको हो । होटल तथा लजबाहेक यातायातका साधनहरू लिने तथा अन्य आवश्यक चिज वस्तुको समेत व्यापार भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । दलको आन्तरिक निर्वाचनका लागि गाउँदेखि सहरसम्म नागरिकको आवतजावत बढेकाले बजारमा चहलपहल बढेको उनले बताए ।
“गाउँका सर्वसाधरणबजार आईसकेपछि प्राय खाली हात फर्कंदैनन्” अध्यक्ष सिलवालले भने, “व्यपार व्यवसायमा केही प्रगति भएको छ, होटल क्षेत्रमा धेरै राहात मिलेको छ ।”
नागरिकहरुको चहलपहल बढेसँंगै आर्थिक क्षेत्रमा समेत यसको प्रभाव पर्ने लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाको भनाइ छ । विशेषगरी सदरमुकामभित्र रहेका होटल क्षेत्रमा पार्टी अधिवेशनको प्रभाव परेको थापाले बताए । विशेषगरी कोभिडले वढी प्रभाव पारेको क्षेत्र होटेल तथा यातायात क्षेत्रमा थोरै भएपनि सहयोग पु¥याएको थापाको प्रतिक्रिया छ ।
“होटेल क्षेत्रको व्यापार व्यवसाय वृद्धि हुनुको साथै अन्य व्यापार व्यवसायमा पनि वृद्धि भएको छ” थापाले भने, “कोभिडले प्रभाव पारेको क्षेत्रलाई चलायमान गराउने काम अधिवेशनले गरेको छ ।”
कोभिडको संक्रमण कम भएपनि पछिल्ला महिनामा होटेलहरूमा चहलपहल बढ्न सकेको थिएन । पछिल्लो दिनमा दलहरुका जिल्ला र क्षत्रिय अधिवेशनकै कारण टाढाबाट आएका नागरिक होटलमा नेतासँंग भेटघाट गर्न, खाना खाने, बसोबास गर्ने गरेका छन् । जसले गर्दा होटलको व्यापार बढेको छ । कोभिडले धेरै प्रभाव पारेकोे होटल क्षेत्रलाई थोरै भएपनि चलायमान गराउन यसले सहयोग पु¥याएको सरोकारवालाहरुले बताएका छन् । अधिवेशनका क्रममा सदरमुकाम बेसीशहरमा मात्रै ५० लाखको हाराहारीमा कारोबार भएको व्यवसायीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्