रियलमीको बिक्री २५७ प्रतिशतले वृद्धि

स्मार्टफोन ब्राण्ड रियलमी अब नेपालमा पनि सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्ट अनुसार २०२१ को तेस्रो क्वाटरमा रियलमी तेस्रो स्थानमा रहेको छ ।
यस रिपोर्ट अनुसार नेपालमा रियलमीले अघिल्लो क्वाटरको तुलनामा २५७ प्रतिशतले वृद्धि गर्दै यो क्वाटरमा सबैभन्दा धेरै वृद्धि देखाएको छ । पछिल्लो क्वाटरमा अनुमानित सेल–इनस्मार्टफोन ढुवानी अन्तर्गत यो रिपोर्ट अध्ययन गरिएको थियो ।
हाल नेपाली बजारमा रियलमीले १४ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दावी छ । नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोबाईल्सको साथमा रियलमीले नेपालमा २०१९ मा डेब्यु गरेको थियो ।