Logo

मुक्तिनाथ क्यापिटलले चुक्ता पुँजी दोब्बर बनाउने

मुक्तिनाथ क्यापिटलको विशेष साधारणले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
मंगलबार भएको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । हकप्रद सेयर निष्काशन गरे पश्चात क्यापिटलको पुँजी वृद्धि भई ४० करोड ५० लाख पुग्नेछ ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवासमेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
त्यसैगरी यसै आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामुहिक लगानी कोष सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्