न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत «

न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् ।
बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले न्यायायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए ।
उनले न्यायाधीश नियुक्तीदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरे । उनले न्यायपालिकाबाटै समस्या सिर्जना भएकोले त्यसको निरुपण पनि न्यायालय भित्र बाटै हुनुपर्ने बताए । अध्यक्ष भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोशिस मात्रै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्