Logo

कांग्रेसको महत्वपूर्ण खम्बा तरुण दल हो : खाँण

गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुढृढ र सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औं स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसको महत्वपूर्ण खम्बा भनेको तरुण भएको दाबी गरे ।
उनले भने, ’पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्छ ।’ गृहमन्त्री खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धनको सरकार निर्माण भएको बताउँदै यसलाई सफल बनाउन तरुण युवाको उत्तिकै भूमिका रहेको स्पष्ट पारे । कांग्रेसले आफ्ना पार्टीका नेतालाई आलोचना गर्ने परिपाटीको अन्त्य भएमात्र पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्