खेलकुद मन्त्रीलाई खेलकुद परिषद्को स्वागत

नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद्को र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजले आपूm मन्त्रालयको गरिमा बढाउन योजना सहिज पदमा बहाली भएको भन्दै कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालय सम्हालेसँगै स्वत राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष पदेन रहने व्यवस्था रहेको छ । खेल क्षेत्रबाट नेपाललाई विश्वमा चिनाउन र खेल पूर्वाधार निर्माण गरेर देशलाई समृद्ध तर्फ अगाडि बढाउने योजना आपूmसँग भएको बताएका हुन् ।
कार्यक्रममा राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, खेलकुद परिषदका कर्मचारी लगाएतले मन्त्रीलाई स्वगत गरेका हुन् । स्वागत कार्यत्रममा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले राम्रो र सुविधा युक्त खेलाडीका लागि प्रशिक्षण स्थल नभएको भन्दै मन्त्रीको कार्यकालमा काम अघि बढ्ने अपेक्षा राखेका छन् । सार्थ कर्मचारीको सेवा सुविधामा विभिन्न सदस्य सचिव नियुक्त भए पनि सम्बोधन नभएको भन्दै सम्बोधन गरिदिन आग्रह गरे ।