कुमारी बैंक र रोडीयो क्याफे एण्ड बारबीच सम्झौता «

कुमारी बैंक र रोडीयो क्याफे एण्ड बारबीच सम्झौता

कुमारी बैंक र काठमाडौंको खुसिबुस्थित रोडीयो क्याफ एण्ड बारबीच छुट दिनेबारे सहमति भएको छ । क्याफेका ग्राहकले कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचाय र रोडीयो क्याफ एण्ड बारका निर्देशक सुचित्रा महर्जनले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सो सम्झौता बमोजिम कुमारी बैंकका ग्राहर्कले क्याफेका विभिन्न आउटलेट तथा सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्नलगायत शारिरीक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत क्याफेकासेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्ड ग्राहकई आकर्षक छुटको व्यवस्था गरेको हो ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटीएम, ३३ शाखारहित बैंकिङ ईकाई तथा १४ एक्सटेनसन काउन्टरबाट सुविधाहरु दिँदै आएकोे छ।

प्रतिक्रिया दिनुहोस्