नेपाल टेलिकमको अटम अफर सार्वजनिक «

नेपाल टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर सार्वजनिक गरेको छ । कात्तिक १ देखि लागू हुने गरी टेलिकमले ९० दिनलाई अटम अफर सार्वजनिक गरेको छ ।
अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ । यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी ५९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुने बताइएको छ । यो अफर खरिद गरेपछि ग्राहकले २९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डेटा सेवा एड–अन प्याक खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।
प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डेटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डेटा सेवा उपलब्ध हुनेछ । जसमा ग्राहकको मेन व्यालेन्सको रकम नकाटिने टेलिकमले जनाएको छ । ग्राहकहरुले ६४ केबिपिएसभन्दा बढी गतिको डेटा सेवा प्रयोग गर्न चाहेमा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–एन प्याक किन्न सक्ने टेलिकमले जनाएको छ ।
यसैगरी, अटम अफरमा ग्राहकहरुले ३० दिनसम्म प्रतिदिन एक जीबी प्रयोग गर्न सकिने ३० जीबी डेटाको प्याक ५९९ रुपैयाँमा किन्न सक्ने बताइएको छ । अफर खरिद गरेपश्चात् ग्राहकले २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड–अन प्याक किन्न सक्ने टेलिकमले जनाएको छ ।
यो प्याकेजमा प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डेटा सकिएमा कम्पनीले ६४ केबिपिएस अनलिमिटेड डेटा उपलब्ध गराउने बताइएको छ । सोभन्दा बढी गतिको सेवा लिन चाहेमा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन प्याक खरिद गर्न सक्ने बताइएको छ । ७९९ रुपैयाँ पर्ने यो प्याकेजमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन एक जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, २०० वटा अननेट म्यासेज, ५० मिनेट अफनेट भ्वाइस र ५० वटा अफ नेट म्यासेज पठाउन सकिने टेलिकमले जनाएको छ । प्रतिदिनका लागि उपलब्ध एक जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोष्टपेड ५९९ रुपैयाँ अफरमा उपलब्ध रहेको बताइएको छ ।
९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट म्यासेज पठाउने सुविधा, प्रतिदिन दुई जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डेटा, १०० मिनेट अफनेट भ्वाइस र १०० वटा अफनेट म्यासेज पठाउन सकिने टेलिकमले जनाएको छ । प्रतिदिनका लागि उपलब्ध दुई जीबी डेटा सकिएमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ रुपैयाँ अफरमा उल्लिखित एड–अन प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
१४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट म्यासेस, प्रतिदिन चार जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डेटा, २०० मिनेट अफनेट भ्वाइस र २०० वटा अफनेट म्यासेज पठाउन सकिने टेलिकमले जनाएको छ । प्रतिदिनका लागि उपलब्ध चार जीबी डेटा सकिएमा सजिलो अनलिमिटेड पोष्टपेड ५९९ रुपैयाँ अफरमा उल्लिखित एडअन प्याक खरिद गर्न सकिने बताइएको छ । टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि १५० मिनेट भ्वाइस, १.५ जीबी डेटा र १५ वटा अननेट म्यासेज २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ । ५९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ । यो प्याक खरिद गरेका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाएमा २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने एड–अन प्याक किन्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्