सुबिसुले ल्यायो दक्षिणा योजना «

सुबिसुले ल्यायो दक्षिणा योजना

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले चार्डपर्वको सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ ।
अफरअन्तर्गत ग्राहकले ५० एमबिपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ मै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्य जडान शुल्क र कर पनि सोही रकममा समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमा धेरै लाभ प्राप्त गर्ने छन् ।
यसका साथै ग्राहकले वार्षिक सेवाको भुक्तानी इ सेवामार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकले भुक्तानी गर्दा प्रोमो कोड ‘उपहार’ प्रयोग गर्नुपर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्