बुद्धभूमि हाइड्रोपावरको आइपीओमा आवेदन खुला «

बुद्धभूमि हाइड्रोपावरको आइपीओमा आवेदन खुला

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सोमबारदेखि प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ ।
एक सय रुपैयाँ अंकित ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको कम्पनीले जनाएको छ । जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ ।
कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४.९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट २३.८ करोड रुपैयाँ रहेको छ । समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्