Logo

शाहीले दिए प्रदेश योजना आयोगबाट राजीनामा

सुर्खेत– कर्णाली प्रदेश योजना आयोगको सदस्य पदबाट योगेन्द्र शाहीले राजीनामा दिएका छन् । नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी (एस) पार्टीमा लाग्न दबाव आएपछि शाहीले राजीनामा दिएका हुन् ।
प्रदेश योजना आयोग गठन गर्दा एमालेको कोटाबाट सदस्य मनोनित भएका थिए उनी । आयोगमा उपाध्यक्षसहित एक सदस्य माओवादी केन्द्रबाट र शाही एमालेबाट सदस्य थिए । उनले आफू पार्टीमा भएको फुटका कारण सक्रिय राजनीतिमा तत्काल नलाग्ने सोच बनाएको तर एमालेको संगठित सदस्य नै भएर वस्ने बताए । कर्णालीमा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए । माओवादी र एमालेको एकता भंग भएसँगै अहिले कांग्रेस र तत्कालिन एमालेका माधव नेपाल पक्ष सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्रीमा शाहीले नै निरन्तरता पाएका छन् ।
योजना आयोगका सदस्य शाही नेकपा हुँदा प्रदेश कमिटि सदस्य थिए । विगतमा एमाले नेता झलनाथ खनाल निकट मानिएका शाही अहिले पार्टी विभाजनपछि नेकपा एसमा नलागेपछि राजीनामा दिन दबाब दिइएको हो । शाहीले भने आफूलाई प्रत्यक्ष रुपमा राजीनामा दिन दबाव नदिएको तर राजनीतिक नियुक्ति भएकाले आफैंले राजीनामा दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्