Logo

एमाले फुटेको होइन चोइटिएको : बानियाँ

मुगु – नेकपा एमाले पार्टी केही दिन पहिला मादवकुमार नेपाल खेमाले एमाले एकीकृत पार्टी निर्वाचन आयोगमा आधिकारी रूपमा दर्ता भएपछि जिल्लामा शनिबार नेकपा एमाले जिल्ला कमिटी मुगुले गरिएको जिल्ला कमिटी भेलाको पहिलो दिन एक कार्याक्रममा नेकपा एमाले पार्टी केन्द्रीय सदस्य तथा मुगु जिल्लाका इन्र्चाज मोहोन बानियाँले एमाले पाटी फुटेको होइन चोइटिएको बताएका छन् ।
नेकपा एमालेमा लामो समयसम्म पार्टी सचिव भएका, नेपाल सरकारको एक पटक मन्त्री भइसकेका माधवकुमार नेपाल लगाएतका केही नेताहरुले पार्टी सरकारमा भएको समय र अन्य देश विकास निर्माण कार्यमा आफ्नो ब्याक्ति गत पाईदाका विषयमा लामो समयदेखि पार्टीभित्र अराजक शैलीमा काम गर्दै आइरहेका थिए ।
व्यक्तिगत पाइदाका लागि नभई देश र जनताका लागि लडेर संघर्ष पार्टीभित्र गर्दै आएको भए राम्रो हुने थियो तर पार्टीबाट अहिले नेपाल समूह बहिरिएकोमा धेरै राम्रो भएको छ । केन्द्रदेखि जिल्लासम्म एमाले पार्टीबाट चोइटिने समूह व्यक्तिवादी भ्रष्टाचारी हुन् । अब सुर्य चिन्नको छहारीमा रहेका पार्टी नेता कार्याक्रताहरु छिट्टै यी चोइटिनेहरुलाई समयमा किनारा लगाउने छ भन्दै पार्टीबाट चोइटिनु, एमाले पार्टीका भावी दिनमा गर्ने गतिविधि, माधव नेपाललगायत नेपाल समूहले हालसम्म गरेका गतिविधि, प्रतिपक्ष दलहरुसँगको भावी दिनहरुमा गरिने कार्यकाबारे जिल्ला भेलामा रहेका कार्यकता नेताहरु र अन्य सहभागीहरु माझ नेकपा एमाले पार्टि केन्दीय सदस्य तथा मुगु जिल्लाका इन्र्चाज मोहोन बानियाँ बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्