Logo

एनसेलको ‘डेटा सधैं अन’ अभियान सुरू

एनसेल आजियाटाले फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै ‘डेटा सधैं अन’ अभियान सुरु गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने कम्पनीको विस्वास छ ।
एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पु¥याउँदै देशको दुई तिहाई भन्दा बढी जनसंख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको एनसेलको दावी छ ।
कोभिड–१९ को महामारीले निम्त्याएको विषम् परिस्थितिकाबीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको छ । बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको कम्पनीले जनाएको छ ।
उच्चगतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी÷एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस महामारीले अर्थतन्त्रलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिँदै पुर्नउत्थानक ाकार्यलाई राम्रोसँग अगाडि बढाउन आवश्यक बनाई दिएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्