स्मार्टडोकोले ल्यायो ‘फादर्श डे अफर’

कुशे औंशीको अवसरमा मेगास्टोर स्मार्टडोकोले ‘फादर्श डे अफर’ ल्याएको छ । हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न सफल भएको कम्पनीको दावी छ ।
ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक वा ५०० रुपैयाँसम्म, साथैे माछापुछ्रे बैंकको डेबिट रक्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक वा ५०० रुपैयाँसम्म र नेपाल इन्भेष्टमेन्ट बैंकका डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक वा ५०० रुपैयाँसम्मको छुट पाउने बताइएको छ ।
स्मार्टडोकोले दैनिक रुपमा आर्कषक अफर पनि ग्राहकमाझ ल्याएको जनाएको छ । स्मार्टडोको अनलाइनबाट सामान खरिद गर्दा ग्राहकले हरेक दिन विभिन्न उपहार पाउने पनि कम्पनीले जनाएको छ ।
स्मार्टडोकाले बुबाको मुख हेर्ने दिनको अवसरमा बेस्ट डिल र डिस्काउन्टको अफर पनि ल्याएको छ । जस अन्तर्गत ग्राहकले गिफ्ट सेट, केक र स्वीट, घडीहरु, विभिन्न प्रकारका खाना, पर्फ्युम हेल्थ एण्ड फिटनेस प्रडक्टमा ६० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । ग्राहकले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आइओएस दुवैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् । स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन्