गुणस्तरीय काम नहुँदा ६ महिनामै भत्कियो सडक «

गुणस्तरीय काम नहुँदा ६ महिनामै भत्कियो सडक

तेह्रथुम जिल्लाको फेदान गाउँपालिकामा निर्माण भएको सिम्रागुफा–औंशीडाँडा सडक ६ महिना नबित्दै भत्किन थालेको छ । सडक निर्माणमा गुणस्तरीय काम नभएकाले सडक निर्माण भएको केही महिनामै भत्किन थालेको हो ।
वर्षाैदेखि सडक निर्माण नहुँदा सास्ती भोग्दै आएका यहाँका नागरिक सडक निर्माणको कामले हर्षित बनेका थिए । बर्खामा हिलाम्यै र हिउँदमा धुलाम्यै हुने सडक निर्माणले नागरिकमा खुसी छाएको थियो । गाउँपालिकाको केन्द्र हुँदै सेपेनीसम्म र फेदाप गाउँपालिकाको केन्द्रदेखि फेदाप ३ सम्म दुईवटा प्याकेजमा निर्माण गरिएको हो ।
सडक निर्माण भएको ६ महिना नबित्दै भत्किन थालेपछि नागरिकका सपना टुट्न थालेको छ । नागरिकले हेर्दा पनि गुणस्तर नभएको र सरोकारवालालाई ध्यानाकर्षण गराउँदा पनि चासो नदेखाएको स्थानीय होमप्रसाद कोइरालाले बताए । एक करोड ९ लाख ९१ हजार ५७१ रुपैयाँ फेदाप गाउँपालिकाले बोलपत्र आह्वान गरे पनि ४७ लाख ४६ हजार २० रुपैयाँमा जयशम्भु निर्माण सेवा इलामले ठेक्का पारेको थियो ।
प्राविधिक स्टिमेट नै कम्जोर बनाइएको र स्टिमेटअनुसार निमार्णका काम नभएको स्थानीय नवीन लिम्बुको भनाइ छ ।
गुणस्तरीय काम नभएकोमा स्थानीय नागरिकले गुनासो पोखिरहेका छन् । प्राविधिकले भने स्थानीय स्रोत साधनलाई प्रयोग गरी साइट डे«न बनाउने र बीचबीचमा पानी कटाउने र ग्राबेल गर्ने गरी सम्झौता भएको महेश धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्