Logo

माधव नेपालले ठूलो गल्ती गरे–ज्ञवाली

सुर्खेत – नेकपा एमालेका उपाध्यक्ष एवं कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले नयाँ पार्टी खोलेर माधव नेपालले ठूलो गल्ती गरेको बताएका छन् ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले यस्तो बताएका हुन् । एमालेको जस्तै विचार, सिद्धान्त र नीति भएको अर्काे पार्टी बनाउनुको औचित्व नभएको ज्ञवालीको भनाइ छ । ‘एउटै विचार एउटै सिद्धान्त एउटै नीति भएको अलग पार्टी बनाएर कहाँ पुगिन्छ ? यसको उपादेयता के हुन्छ ? यो दुनियाँलाई तपाइले कसरी जस्टीफाइ गर्नुहुन्छ मैले ठीक काम गरेँ भनेर ? हिजो संसद विघटन गरेको कारणले आज पार्टी विभाजन गर्नुपर्ने सान्दर्भिकता कहाँनिर मिल्छ ?’ ज्ञवालीले प्रश्न गरे । माधव नेपाल आफूले आफैलाई सिध्याउने दिशामा हिडेको ज्ञवालीको आरोप छ ।
माधव पक्ष केन्द्रीय कमिटीले विभाजनमा नजाने निर्णय गरेको तर निर्णयविपरीत नेता नेपाल लागेको भन्दै ज्ञवालीले आफूहरुलाई धोका दिए भन्नु गलत हुने बताए । ‘बैठक नबसी उहाँ दल दर्ता गराउन जाँदा खेरी उहाँले छोडेको भयो कि हामीले छोडेको भयो ? उनले थपे ‘तथ्यले के भन्छ ? मलाई छोडेर जानुभयो भनेर हामीलाई आरोप लगाउनु गलत हो ।’ माधव नेपालसहितको एमाले एकता गर्ने प्रयास गरे पनि नेपालले ओलीसँग मिलेर बस्न नचाहेको ज्ञवालीको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्