Logo

हिमालयन बैंकको विस्तारित काउण्टर पोखरामा

हिमालयन बैंकले ग्राहकाको सुविधालाई मध्यनजर गरी पोखराको लेकसाइटस्थित गौरीघाटमा विस्तारित काउण्टर स्थापना गरेर कारोबार सुरु गरेको छ ।
सो विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनमा ग्राहकले दिउँसो ३ बजेसम्म बैंकिङ कारोबार गर्न सक्ने बताइएको छ । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ कारोबारहरु गर्न सहजिकरण गर्नेछ ।
हाल बैंकको कुल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएमको संख्या १४६ र पाँच हजार भन्दा बढी पीओएस टर्मिनलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्