स्याङ्जाको भीरकोटमा रिसोर्ट सञ्चालन «

स्याङ्जाको भीरकोटमा रिसोर्ट सञ्चालन

स्याङ्जाको भीरकोट नगरपालिका ६ स्थित साविकको खिलुङ–देउरालीमा भीरकोट भिल्ला रिसोर्ट सञ्चालनमा ल्याइएको छ । स्थानीय दुई यु्वाको सक्रियता र लगानीमा आन्तरिक तथा बाह्यि पर्यटकलाई लक्षित गरि रिसोर्ट सञ्चालनमा ल्याइएको हो । झण्डै १ करोडको लागतमा निर्माण भएको रिसोर्ट ५० जना पाहुना अटने क्षमताको छ । करिब १ सय क्षमताको सिमानार हल रहेको रिसोर्टमा १ सय ५० जना एकै पटक खान मिल्ने रेष्टुरेन्टको व्यवस्था छ । लगानी र स्तरीयताले रिसोर्ट जिल्लाकै पहिलो र सुविधा सम्पन्न छ ।
“हामीले पोखराको लेकसाईड र काठमडौंको ठमेलका रिसोर्टले दिनसक्ने सुविधा स्थानीय स्तरम दिने योजना सहित रिसोर्ट सञ्चालनमा ल्याएका छौं ।” संचालक मध्येका राजकुमार गुरुङ्ले भने, “ठूला सहरमा निर्माण भएका रिसोर्ट सरह सेवा प्रवाह गर्ने हेतुले लगानी गरिएको छ ।” गेष्ट हाउस र रेष्टुरेण्टमा गरि ८ जनालाई रोजगार दिएको गुरुङले बताए ।
पोखराबाट सिद्धार्थ राजमार्ग हुदै लुम्बिनी र नेपालकै पहिलो रिसोर्ट नजिकैको प्याराग्लाईडिङ स्कूलमा आउने पर्यटनलाई रिसोर्टले लक्षित गरेको छ । रिसोर्ट सञ्चालनमा आएपछि स्याङ्जामा घुम्न र बस्न आउने पर्यटक सुविधा सम्पन्न बास र गास नपाएर पोखरा र बुटवल जानुपर्ने बाध्यता हट्ने सञ्चालकको विश्वास छ ।
“स्याङ्जाको स्वरेकमा रहेको प्याराग्लाईडिङ स्कूलमा आउने पर्यटक बस्न सक्ने सुविधा सम्पन्न होटल छैन् ।” अर्का संचालक सूर्य अधिकारीले भने, “जिल्ला भित्र्ने पर्यटकको बसाई लम्बाउन नसक्दा पर्यटन व्यवसायबाट मनग्य आम्दानी हुन सकेके थिएन् ।” पर्यटकको बसई लम्बाउन सके व्यवसायबाट आर्थिक उन्नती गर्न सकिने उनले बताए ।
स्थानीय व्यवसायीको करिब २ करोडको लगातमा निर्मित घर मासिक ८० हजारमा भाडामा लिएर रिसोर्ट सञ्चालन गरेको गुरुङ् र अधिकारीले लगानी अनुरुपको प्रतिफल प्राप्त गर्न सकिनेमा विस्वस्त छन् । “अब देश बलजफ्ती आर्थिक सम्बृद्धि तर्फ जानै पर्छ ।” दुवैले भने, “आर्थिक गतिविधि बढ्दै जा“दा खर्च गर्ने दरपनि बढ्ने भएकाले रिसोर्ट आम्दानी मुलक बन्नेछ ।”
करिब १ रोपनी जग्गामा भवन र झण्डै १ रोपन जग्गा पार्किङ्लाई व्यवस्थापन गरिएको रिसोर्ट सञ्चालनमा आएपछि आन्तरिक र बाह्यि पर्यटन आउने हु“दा आर्थिक गतिविधि बढ्छ स्थानीय दिपेन्द्र के.सी.ले भने, “रिसोर्टले जिल्लाको गौरब बढ्ने र आर्थिक गतिविधिमा तीव्रता आउनेछ ।”

रिसोर्टको उद्घाटन गर्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छाया“राम खनालले युवाहरुको सक्रियताले सकारात्मक सन्देश जाने भन्दै क्षमता र स्रोतको सही सदुपयोग हुन सके रोजगार र आर्थिक हैसियतमा बृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्