इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार सुरू «

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार सुरू

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको छ ।
कार्यक्रममा दुवै वित्तीय संस्थाको तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरुले शुभकामना व्यक्त गरे । एकीकृत कारोबार पश्चात संस्थाको पुँजी ३२ करोड ४६ लाख रुपैयाँ, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार पुगेको छ । त्यसैगरी एक अर्ब १५ करोड निक्षेप, ४ अर्ब १४ करोड भन्दा बढी कर्जा रकम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्