ग्यास खपत १४ प्रतिशतले बढ्यो «

ग्यास खपत १४ प्रतिशतले बढ्यो

मुलुकमा वार्षिक रूपमा खाना पकाउने एलपी ग्यासको खपत १४ प्रतिशतले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यासको खपत १४ प्रतिशतले वृद्धि भएको हो । विजुलीभन्दा सस्तो पर्ने र सहजै प्रयोग गर्न सकिने भएकाले यसको खपत वर्सेनिन बढ्दै गएको नेपाल आयल निगमले जनाएको छ ।मुलुकमा वार्षिक रूपमा खाना पकाउने एलपी ग्यासको खपत १४ प्रतिशतले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यासको खपत १४ प्रतिशतले वृद्धि भएको हो । विजुलीभन्दा सस्तो पर्ने र सहजै प्रयोग गर्न सकिने भएकाले यसको खपत वर्सेनिन बढ्दै गएको नेपाल आयल निगमले जनाएको छ ।निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले ग्यासको खपत वार्षिक रूपमा १४ प्रतिशतले बढेको बताए । “शहरमा मात्र नभएर ग्रामीण क्षेत्रमा ग्यासको प्रयोग बढ्दै गएको छ,” उनले भने, “यसले पनि ग्यासको खपत बढ्दै गएको देखिन्छ ।” बढ्दो सहरीकरणले दाउरा र गुइँठाको प्रयोग घट्न थालेपछि ग्यासको खपत बढ्दै गएको उनको भनाइ छ ।निगमका अनुसार ग्यासको मासिक औसत खपत ३० देखि ३२ हजार मेट्रिक टन हुने गर्छ । निगमले पछिल्लो पाँच वर्षमा १३ लाख ८८ हजार ६ सय ४१ मेट्रिक टन ग्यास आयात गरेको छ । निगमका अनुसार आर्थिक वर्ष २०७०-०७१ मा २ लाख ३२ हजार ६ सय ६० मेट्रिक टन ग्यास आयात भएको थियो । यस्तै आव ०७१-७२ मा २ लाख ५८ हवा २ सय ९९  मेट्रिक टन आयात भएकोमा आव ०७२-७३ मा २ लाख १४ हजार १ सय ९४ मेट्रिक टन आयात भएको थियो । ०७२-०७३ मा भारतले गरेको अघोषित नाकाबन्दीका कारण कम ग्यास आयात भएको थियो । यस्तै आव ०७३-७४ मा ३ लाख १२ हजार ९ सय २८ मेट्रिक टन आयात भएकोमा आव ०७४-७५ मा ३ लाख ७० हजार  ५ सय ६० मेट्रिक टन आयात भएको निगमको तथ्यांक छ । ५९ वटा बोटलिङ प्लान्टले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यासको आयात गर्ने गर्दछन् ।निगमका अनुसार सवैभन्दा धेरै ग्यासको प्रयोग गर्नेमा प्रदेश नम्बर ३ पर्छ भने कम ग्यास प्रयोग गर्नेमा कर्णाली प्रदेश रहेको छ । निगमका अनुसार  प्रदेश नं. १ नम्बरमा १५ दशमलव ८ प्रतिशत उपभोक्ताले ग्यासको प्रयोग गर्ने गर्छन । प्रदेश २ मा पाँच दशमलव आठ प्रतिशत, प्रदेश ३ मा ४८ दशमलव ९ प्रतिशतले ग्यासको प्रयोग गर्ने गर्छन् । गण्डकी प्रदेशमा २४ दशमलब २५ प्रतिशत, प्रदेश ५ मा १३ दशमलव सात प्रतिशत, कर्णाली प्रदेशमा ३ दशमलव ६ र सुदूरपश्चिम प्रदेशमा ४ दशमलव १३ प्रतिशतले ग्यासको प्रयोग गर्ने गर्छन । मुलुकमा पर्याप्त विजुली उत्पादन गर्न सके ग्यासको आयात घटाउन सक्ने सम्भावना भए पनि विजुली उत्पादन नहुँदा ग्यासको खपत बढ्दै गएको विज्ञको भनाइ छ । मुलुकमा विकल्प नहुँदा ग्यासका लागि बर्सेनि २० देखि २५ अर्ब रूपैयाँ बाहिरिने गरेको छ । 

ग्यास आयातको तथ्यांक
आर्थिक वर्ष ग्यास आयात (मे.टनमा)
२०७०-७१ २,३२,६६०
२०७१-७२ २,५८,२९९
२०७२-७३ २,१४,१९४
२०७३-७४ ३,१२,९२८
२०७४-७५ ३,७०,५६०
  स्रोत : नेपाल आयल निगम

 बिजुलीभन्दा पनि सस्तो पर्ने र प्रयोग गर्न सहज हुने हुँदा ग्यासको खपत बढ्दै गएको निगमको भनाइ छ । गत वर्ष देखि नै कोटा हटाउपछि उद्योगीले आवश्यकता अनुसार ग्या आयात गर्ने गर्छ । विभिन्न ५५ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गदै आएका छन । मुलुकमा पर्याप्त विजुली उत्पादन गर्न सके ग्यासको आयात घटाउन सक्ने सम्भावना भए पनि विजुली उत्पादन नहुँदा ग्यासको खपत बढ्दै गएको विज्ञको भनाइ छ । मुलुकमा विकल्प नहुँदा ग्यासका लागि वर्षेनी २० देखि २५ अर्ब रूपैयाँ बाहिरिने गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्