रियलमी बन्यो संसारको छिटो १० करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड «

रियलमी बन्यो संसारको छिटो १० करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड

विश्वमा उदयमान प्रविधि कम्पनीका रुपमा देखिएको रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन बिक्री गर्न सफल भएको छ । सन् २०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा स्थापित भएको छ भने स्ट्राटेजी अनालितिक्सको बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्रान्ड रियमली भएको देखाएको हो ।


२०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा रियलमी देखिएकोमा अन्तर्राष्ट्रिय तथ्यांक निगम (आईडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ । ५जी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ । यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।


विश्वमा रियलमीले गरेको बजार विस्तार र रियलमीको व्यापार रणनीतिलाई यस रिपोर्टले प्रमाणित गरेको छ । ३ वर्षअघि मात्रै २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौं ठूलो स्मार्टफोन ब्रान्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौथौ र युरोपियन बजारको केही क्षेत्रमा पाँचौंसहित १३ वटा बजारमा यसको टप ५ स्मार्टफोनभित्र रहेको छ ।


यसअघि नै १२५ वाटको अल्ट्राडार्ट चार्जिङ प्रविधि पहिलोपटक प्रयोग गर्ने र क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसरलाई पहिलोपटक प्रयोगमा ल्याइ रियलमीले आफ्नो एउटा परिचय बनाइसकेको छ । यो फोन ६४ मेगापिक्सल क्यामेरासँग आउँछ । अझ रियलमी फाइभजी फोन २४ हजार रुपैयाँभन्दा कम मूल्यमा बेच्ने कम्पनी हो । विश्वमा युवापुस्तालाई लक्षित गर्दै युवा उद्यमीलाई लिएर रियलमीले विभिन्न स्थापित ब्रान्ड निर्माण गरिरहेको छ ।
स्मार्टफोन बजारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै सीईओ लीले विश्वमा आफ्ना उपभोक्तालाई सुलभ मूल्यमा प्रिमियम रेन्जका मोबाइल फोन उपलब्ध गराउने प्रतिबद्ध जाहेर गरे । लीले आगामी २०२२ मा १० करोड रियलमीका मोबाइल फोन बिक्री गर्ने र २०२३ भित्र संसारभर थप १० करोड स्मार्टफोन सेट ढुवानी गर्ने दोहोरो माइल्स्टोन प्राप्त गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्