निगमले चार्जिङ स्टेसन बनाउने «

निगमले चार्जिङ स्टेसन बनाउने

नेपाल आयल निगमले विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाउने भएको छ । विद्युतीय गाडि चार्ज गर्न निगमले चार्जिङ स्टेसन बनाउने भएको हो । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेसन निर्माण गरिने निगमले जनाएको छ ।
निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले विद्युतीय गाडिलाई लक्षित गरेर चार्जिङ स्टेसन बनाउने लागिएको जानकारी दिए । विद्युतीय गाडि प्रयोग बढ्दै गए इन्धनको खपत क्रमिक रूपमा घट्दै जाने उनको भनाइ छ । चार्जिङ स्टेसन निर्माण गर्न २० देखि ३० लाख रूपैयाँ पर्छ । सरकारले तीन सय वटा विद्युतीय गाडि खरिद गर्ने भनेको छ । बजारमा विद्युतीय गाडि विस्तार गरी इन्धनको खपत घटाउने सरकारको योजना छ । नेपाल विद्युत् प्राधीकरण, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालयले विद्युतीय गाडि खरिद गरेका छन् । विद्युतीय गाडिलाई चार्ज गर्न सहज पु¥याउने उद्देश्यले चार्जिङ स्टेसन बनाइने भएको हो ।
बजारमा विद्युतीय सवारी साधन भित्रने क्रम सुरु भएको छ । विद्युतीय गाडिको प्रयोगले इन्धन आयातलाई कम गर्न सकिने छ । बर्सेनि दुई खर्ब रूपैयाँ बराबरको इन्धन आयात हुने गर्छ । बढ्दो सवारी साधनको प्रयोगले इन्धनको आयात बढ्दै गएको छ । वार्षिक रूपमा २० प्रतिशतका दरले बजारमा इन्धनको माग बढ्दै गएको निगमको भनाइ छ । इन्धनको आयातले मुलुकको व्यापार घाटा बढाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्