लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण «

लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण

लुप नेटवर्क प्रालि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । लुपले पाँच वर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले दुई वर्षभित्र सर्वसाधारणका लागिसमेत आईपीओ निष्काशन गर्ने योजना लिएको छ । जुन कम्तिमा एक अर्ब रुपैयाँ लगानीको हुनेछ । कम्पनीले यस्तो लगानी पाँच वर्षभित्र गरिसक्ने बताएको छ ।
अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौंसहित नवलपरासी, धनुषा लगायतका स्थापनामा विस्तार भएको छ । लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । कम्पनीले ह्वावे, जेटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्नेछ । अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको प्रविधिमार्फत अघि बढ्न लागेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्