नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारेमा «

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारेमा

नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको बुधबारे बजारमा आफ्नो आठौँ विस्तारित सेवा केन्द्रको औपचारीक सुरु गरेको छ । लेटाङ नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्बर ९ का लागि केन्द्र स्थापना गरिएको हो ।
ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याएर एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उद्देश्य रहेको बैंकले जनाएको छ । उक्त विस्तारित सेवा केन्द्रको सुभारम्भ प्रदेश नम्बर १, मोरङ ख का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका हुन् ।
यसबाट सबै बैंकिङ कारोबार सहजै हुने विश्वास लिइएको छ । बैकका ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्