Logo

क्यानद्वारा आयोजित खेलको प्रशारण ‘एक्सन स्पोर्टस’ले गर्ने

नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ ।
डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पीएम कप तथा मेयरर्स कपका महिला÷पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ । आगामी दिनमा नेपाल क्रिकेट संघद्वारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरू डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।
क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहोस्