प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गरौं : वैद्यको सुझाव «

प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गरौं : वैद्यको सुझाव

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण) ले संसद र सरकारमा रहेका कम्युनिष्टहरू मिलेर जान आग्रह गरे ।
४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताए ।
अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरू एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न पनि सुझाव दिए ।

अध्यक्ष वैद्यले भने, “सरकारमा र संसदमा भएका कम्युनिष्टहरू एकठाउँमा बस्नुपर्छ, र सडकमा भएका कम्युनिष्टहरू पनि एक ठाउँमा उभिनुपर्छ, संसद र सरकारमा भएका कम्युनिष्टहरूले सडकमा भएका कम्युनिष्टहरूलाई दमन गरेर जानुभएन, प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौं ।”
त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताए । वैद्यले ओलीको कार्यशैली इगो र पदप्रतिष्ठामै अड्किएको बताए । अध्यक्ष वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्नसमेत गरे । उनले संसदवादी कम्युनिष्टलाई फेरि मिलेर अघि बढ्न सुझाए ।
“ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो, तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र ?” अध्यक्ष वैद्यले भने, “संसदमा जाने साथीहरू सबै एक हुँदै, सकिन्छ,
सबैलाई क्रान्तिकारी बनाऔं, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिष्टहरूबीच तालमेल गरौं ।”
अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरिका कम्युनिष्ट रहेको उल्लेख गरे ।
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिमा देखिएको संकट कम्युनिष्ट आन्दोलनको शंकट भएको बताए छ । ४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोदनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा नेता बास्तोलाले कम्युनिष्ट आन्दोलनमा देखा परेको संंकटका कारणले नै नेपाली राजनीतिमा शंकट देखा परेको बताए हो ।
नेता बास्तोलाले नेपालको राजनीतिमा देखापरिरहेको शंकट कम्युनिष्टहरूको शंकट भएको समेत बताउनुभयो । साथै नेता बास्तोलाले सामन्तवर्गको हातमा रहेको सरकार अहिले दलाल र पूँजिपतिहरूको हातमा रहेको समेत बताए ।

उनले भने, “नेपालको राजनीतिमा देखापरिहेको शंकट बास्तवमा कम्युनिष्टहरूको संकट हो, कम्युनिष्ट आन्दोलनमा देखा परेको शंकटको कारणले नेपाली राजनीतिमा संकट देखापरेको छ ।नेपाली जनताको हातमा शासन व्यवस्था गएन, राज्यप्रणाली गएन, नेपालको शासन दलाल पूँजिपतिहरूको हातमा गयो, हिजो सामन्तवर्गको हातमा थियो आज दलाल पुँजीपति वर्गको हातमा छ ।”
नेता बास्तोलाले नेपालमा आधारभूत परिवर्तन नभएको समेत बताए ।
नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरू नेतृत्वमा आइरहेको बेलामा जनताहरू जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताए ।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताए ।
नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताए ।
पटक–पटक दलका सरकार आए पनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेतृ शाक्यले यी कुराहरूमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताए । साथै नेतृ शाक्यले सिर्जनाशील युवाहरूलाई किन बाँलदर बनाएर सडकमा ल्याउनुभएको भन्दै प्रश्न गरेका छन् ? उनले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताए छ ।
नेतृ शाक्यले अब कम्युनिष्ट पार्टी भित्र यी तमाम विषयको छलफल हुनुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ५ दलको एकताले संविधान र संसद जोगाएको बताए ।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोदनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।
केसीले सर्वोच्चको फैसला स्विकार्य रहेको बताउँदै राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको समेत आरोप लगाए ।
अहिलेको संविधान जोगिएको र अबको दिनमा संसोधन गरेर अझै उत्कृष्ट संविधान बनाउने बताउँदै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको बताए । अध्यक्ष केसीले जनता कोरोनाबाट बच्न खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्